२०८२ भाद्र ६ | Aug 22, 2025

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २९

ललितपुर । नेपाली बजारमा विहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज छापावाल सुन सुन प्रतितोला १०० रुपैयाँका दरले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, विहीबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया