२०८२ भाद्र ६ | Aug 22, 2025

सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २

ललितपुर । आज नेपाली बजारमा आज सुन र चाँदीको दुवैको मूल्य बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ८०० रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया