२०८२ भाद्र ६ | Aug 22, 2025

सुनचाँदीको मूल्य स्थीर

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ७

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज पनि शुक्रबारकै मूल्यमा सुनचाँदीको खरिदविक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० थियो । आइतबार पनि सोही मूल्यमै खरिदविक्री हुनेछ । त्यस्तै चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया