२०८२ आश्विन १६ | Oct 02, 2025

सुनचाँदी व्यवसायीलाई सतर्क रहन महासङ्घको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १
|
1.7k views

ललितपुर। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गत भर्दौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा देशैभर चोरी तथा लुटपाटमा हुँदा बहुमूल्य गरगहनाले बजारमा प्रवेश गर्ने आशङ्का गरिएको । त्यस्ता गरगहना खरिद गर्दा उच्च सतर्कता अपनाउन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले व्यवसायीलाई आग्रह गरेको हो।

रत्न तथा आभूषण महासङ्घका महासचिव निरबहादुर विश्वकर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै चोरी वा लुटिएका सुनचाँदी बजारमा ल्याइने सम्भावना प्रवल देखिएकाले व्यवसायीले सुनचाँदी कारोबार गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्।

महासचिव विश्वकर्माका अनुसार हरेक व्यवसायी ग्राहकसँग कारोबार गर्दा परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। साथै, सीसी टिभी, अर्लाम प्रणाली, भीड नियन्त्रण, अपरिचित व्यक्तिको प्रवेशमा कडाइ र शङ्कास्पद गतिविधि तत्काल प्रहरीलाई खबर गर्न पनि महासङ्घले व्यवसायीलाई सचेत गराएको छ।आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि निजी सम्पत्तिसम्ममा क्षति पुगेको र कैदीबन्दीसमेत फरार भएको उल्लेख गर्दै महासङ्घले सुनचाँदी क्षेत्र पनि जोखिममा पर्ने चेतावनी दिएको हो।

महासङ्घले बजारमा आउन सक्ने सम्भावित अवैध गरगहनाको रोकथाम र व्यवसाय सुरक्षित राख्न सबै सदस्य तथा व्यवसायीलाई उच्च सतर्कताका साथ कारोबार गर्न अपिल गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया