२०८२ भाद्र ९ | Aug 25, 2025

सुनसरीमा भरभित्रै एक दम्पती मृत अवस्थामा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९

ललितपुर। सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा एक दम्पती घरभित्रै मृत अवस्थामा भेटिएका छन् । आज (आइतबार) बिहान करिव ९ बजेको समयमा दम्पत्ती मृत अवस्थामा भेटिएका हुन् । ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन मृत भेटिएका हुन् ।

पती सुकदेव सारीको पासो लागेको अवस्थामा र उनकी श्रीमती सवेता ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको भए पनि श्रीमती सवेताको शरीरमा चोटपटक भने देखिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement