२०८२ भाद्र १७ | Sep 02, 2025

सुन–चाँदीको मूल्यमा गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २२
|
51 views

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लोदिन विहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार भने घटेको छ ।

आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९ सयले घटेको छ । विहीबार प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको सुन शुक्रबार भने १ लाख ७६ हजार ४ सयमा झरेको छ ।

यस्तै विहीबार १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ३९२ रुपैयाँले घटेको छ । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ३ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement