२०८१ चैत्र २४

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७० रुपैयाँका दरले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँ थियो । पछिल्ला दुईदिनदेखि सुन र चादीको मूल्यमा निरन्तर ठूलो गिरावट आएको छ ।
आज (आइतबार) चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा चाँदी तोलाको एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया