२०८२ भाद्र ६ | Aug 22, 2025

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा एक हजार रुपैयाँका दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँका दरले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया