२०८२ असार ६

ललितपुर । आज साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी पनि तोलामा ५० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया