सुन र चाँदीको मूल्य घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २४
|
16.2k views

ललितपुर - ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने पनि घटेको छ । आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । बुधबार भने चाँदी ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube