सुन र चाँदी दुवैको मूल्य घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १८
|
14.3k views

ललितपुर - ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य रुपले घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँका दरले घटेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । बुधबार भने छापावाला सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी पनि प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ कायम थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube