सुरेन्द्रराज रेग्मी बैंकर्स संघको वेटिङ अध्यक्ष
काठमाडौं ३ पौष २०८१ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको उपाध्यक्ष चयन भएका छन् । बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा रेग्मी उपाध्यक्ष चयन भएका हुन्।
रेग्मी गत भदौ १ गतेदेखि देशैकै सबैभन्दा ठुलो ग्लोबल आईएमई बैंकको सीईओ पदमा छन् । बैंकर्स संघका अभ्यास अनुसार आगामी कार्यकालमा रेग्मी संघको अध्यक्ष बन्ने पक्कापक्की जस्तैे छ । त्यसको लागि उनले २ बर्षे कुर्नु पर्नेछ । रेग्मीले व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा कार्यानुभव हासिल गरिसकेका छन् ।
बेलायतको युनिभर्सिटी अफ वेल्सबाट रेग्मीले सन् २००१ मा एमबीए गरेका थिए भने त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । रेग्मी २०६५ बैशाखमा ग्लोबल आईएमई बैंकमा नायव प्रबन्धक तहबाट प्रवेश गरेका थिए । बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी अब्बल मानिन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया