|
|
२०७८ बैशाख ८
306 views
ललितपुर - सुर्खेतबाट निर्वाचित सांसद ध्रुव शाही वरिष्ठ नेता माधव नेपाल समूह छोडेर नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका छन्।
पार्टी भित्रको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएको हो। अहिलेका गतिविधिले उहाँ फुटको बाटोमा लाग्नुभएको छ।त्यसैले म पार्टीको मुल नेतृत्वमा लागेँ,’ उनले भने, ‘माधव नेपालले मलाई बोलाएर अर्को पार्टी बनाउनु पर्ने भयो अब तलसम्म यसको लागि लाग्नुपर्छ भनेपछि मैले उहाँको साथ छोडेको हो।’
उनले एकतावद्ध एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भएकाले फुट परस्त गतिविधिमा लाग्न नसकिने बताए।
नेपाल पक्षधर २७ जना सांसदलाई ओलीले मंगलबार स्पष्टिकरण सोधेका थिए।

बिजनेस पाटी