|
|
२०७८ बैशाख ८
459 views
ललितपुर - सिनामंगलको सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ।
विभिन्न देशमा जानका लागि सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘हिजो सूरिया ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’
मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन नै चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।

बिजनेस पाटी