२०८२ भाद्र ६ | Aug 22, 2025

सेभियामाथि रियल म्याड्रिडको जित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ५

ललितपुर । आइतबार भएको खेलमा किलियन एम्बाप्पे र जुड बेलिङघमका अन्त्य गरेपछि रियल म्याड्रिडले नौं खेलाडीमा सिमित सेभियालाई २–० ले पराजित गरी जित हात पारेको छ । सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो। तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं लिग गोल गरेका थिए ।

त्यसपछि ८७ औं मिनेटमा इंग्ल्याण्ड मिडफिल्डर बेलिङघमले परिवर्तित गोंजालो गार्सियाको पासमा हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे। रियलको ला लिगा उपाधि रक्षा गर्ने आशा बिहीबार समाप्त भएको थियो। जब बार्सिलोनाले एस्पानियोलमाथि २–० को जित निकाल्दै आफ्नो २८औं लिग उपाधि जितेकि थियो। जसले गर्दा कार्लो एन्चेलोट्टीले आफ्नो अन्तिम सिजनमा कुनै ठूला ट्रफी बिना नै टुंग्याउनु परेको थियो।

सेभियाका लागि यो सिजन पनि रेलिगेसनबाट जोगिन संघर्षपूर्ण रह्यो। केही दिनअघि समर्थकहरूको ‘हिंसात्मक आक्रमण’ पछि खेलाडीहरूले ट्रेनिङ ग्राउन्डमै रात बिताएका थिए। तर मंगलबार लास पाल्मासमाथि १(० को जित निकाल्दै उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरे।

तर यो खेलमा भने सेभियाका समर्थकहरूका लागि निराशाजनक रात बन्न पुग्यो, जब खेलको १२ मिनेटभित्रै टोली १० खेलाडीमा झर्‍यो। बेलिङघमको लब पासमा दौडिँदै एम्बाप्पेले गोलतर्फ प्रहार गर्न खोज्दा अन्तिम डिफेन्डर बाडेले उनलाई लडाएपछि सिधा रातो कार्ड पाए।

कापारोसले दोस्रो हाफको सुरुवातमै रोमेरोलाई मैदानमा उतारे, तर उनले अरेलियन चुआमेनीमाथिको ट्याकलका लागि पहेंलो कार्ड पाएर केही सेकेन्डमै भारको निर्णयमा रातो कार्ड खाँदै मैदान छाडे।

अब एन्चेलोटीले रियलको नेतृत्व अन्तिमपटक २५ मेमा रियल सोसिडाडविरुद्ध सान्टियागो बर्नाबेउमा गर्नेछन्। त्यसको भोलिपल्ट उनी ब्राजिलको प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। अर्को खेलमा च्याम्पियन बार्सिलोनाले भिल्लारियल ३(२ ले पराजित भयो। एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई ४(१ ले, एथलेटिक क्लबले भ्यालेन्सियालाई १(० ले हराएको छ। ओसासुनाले इस्पान्योललाई २(० ले, रायो भालेसानोले सेल्टा भिगोलाई २(१ ले, रियल सोसिडाडले जितोनालाई ३(२ ले पराजित गर्यो। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया