ललितपुर । दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ५५ अंकले घटेको हो । यसदिन परिसूचक २ दशमलव १९ प्रतिशत घटेर २६०४ दशमलव ४६ विन्दुमा बन्द भएको हो ।
यो अघिल्लो कारोबारको तुलनामा २ दशमलव १९ प्रतिशतको गिरावट हो । यसदिन चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कुल १ करोड ३ लाख कित्ता सेयर ५५ हजार ४५० वटा कारोबारमार्फत किनबेच भएका छन्।
बैंकिङ १ दशमलव ३२, विकास बैंक २ दशमलव ३८, फाइनान्स १दशमलव १२, माइक्रोफाइनान्स १ दशमलव ८७, निर्जीवन बीमा २ दशमलव ०४ र व्यापार १।१७ प्रतिशत घटे । एभरेष्ट बैंकको सेयर मूल्य भने स्थिर छ । युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । यता सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९ दशमलव ११ र स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो । आज कारोबार भएका कुल २४२ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य घट्दा जम्मा १६ कम्पनीको मात्र मूल्य बढेको छ। त्यस्तै, १ कम्पनीको मूल्य भने स्थिर रह्यो। आज कुल ४ अर्ब ६२ करोडको सेयर कारोबार भएको छ।














फेसबुकबाट तपाईको प्रतिक्रिया