सेयर बजारमा १७ अंकको गिरावट

काठमाडौं ०२ असार २०८१।

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १७.०४ अंकले घटेको छ । नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले वृद्धि भएर ६६१ रुपैयाँ १० पैसा कायम भएको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

६४ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया