सैदी पावरको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८१ असार २०
|
714 views

ललितपुर - काठमाडौं २०असार २०८१- सैदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १लाख ७०हजार ४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।उक्त सम्झौता—पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।


सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ साल बाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube