सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १२
|
1.2k views

ललितपुर - ललितपुर । सोलुखुम्बु जिल्लाको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । बुधबार विहान लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर बुधबार बिहान ०७ः५२ बजे ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एन–एएमएस कल साइनको उक्त हेलिकप्टर आज बिहान ०७ः ४१ बजे पर्यटक उद्धारका लागि लोबुचेतर्फ प्रस्थान गरेको थियो।

हेलिकोप्टरमा यात्रु नभएको र पाइलटको उद्धार गरिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

 पात्रो/राशिफल  रेडियो YouTube