२०८२ आश्विन १६ | Oct 02, 2025

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा

BusinessPati बिजनेस पाटी
|
२०८१ असार २१
|
102 views

काठमाडौं १ असार २०८१-विगत १८ वर्ष देखि सर्वसाधारण माझ अनवरत रुपले सरल र सहज बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् ।

वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे।कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे।

उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५% र पहिलो बर्ष लकर शुुल्कमा ५०% छुट उपलब्ध रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५७ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ३ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया