स्वनिगः बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारसभा सम्पन्न


काठमाण्डौ २३ पुस २०८०, ।

स्वनिगः बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारसभा शनिवार न्यु एभरेष्ट पार्टी प्यालेसमा सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकामा स्थानिय स्तरमा सञ्चालित स्वनिगः बचत तथा ऋण सहकारी सहकारी संस्थाको साधारणसभा सहकारीवीद कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा ठुलो संख्यामा सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सहकारीवीद कैलाशभक्त प्रधानाङ्गले मध्यपुरमा सञ्चालित सहकारीहरु समस्यामा नरहेको बताए । उनले दिनहुँ सहकारी जस्तो क्षेत्र केही बदमासहरुको कारण बदनाम भएको बताए । हरेक दिन फेसबुक, अनलाइन, पत्रपत्रिकामा फलानो सहकारी भाग्यो, डुब्यो, फलाना सहकारीको अध्यक्ष पक्राउ, यति ठग्यो, उति ठग्यो भन्ने जस्ता समाचार आउँदा आफुलाई दुख लागेको बताए । सहकारी क्षेत्र सहकारिताको मुलभुत ७ सिद्धान्तबाट च्युत हुन नहुने उनले बताए । यस क्ष्ोत्रको उचित नियमन जरुरी रहेको पनि उनले बताए । स्वनिगः बचत तथा ऋण सहकारी मध्यपुर क्षेत्रकै उत्कृठमध्ये एक सहकारी रहेको उनले बताए ।

२,०५४ जना शेयर सदस्य रहेको सहकारीमा हाल २ करोड ७५ लाख ८८ हजार शेयर पुँजी रहेको छ । सहकारीको निक्षेप रकम ८ करोड ६१ लाख ११ हजार रहेको छ भने ऋण लगानी ११ करोड ३० लाख रहेको छ ।
सभाको अध्यक्षता गरेका सहकारीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक अर्जुन थापाले लेखा प्रतिवेदन पढेर सुनाएका थिए । कार्यक्रमा मित्र सहकारीहरु, नेफस्कुन, जिल्ला बचत लगयात संस्थाहरुबाट पनि प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी थिए ।

स्वनिगः बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारसभमा निर्वाचन उपसमितिको २०७६ पौष १३ गतेको निर्णय अनुसार सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारीहरुको लागि निम्न अनुसार मनोनय भएको छ ।
चन्द गोपाल श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष
सोम तामाग, सञ्चाचलक समिति उपाध्यक्ष
शम्भु श्रेष्ठ, सञ्चालक समिति, सचिव
श्रीकृष्ण श्रेष्ठ, सञ्चालक समिति, कोषाध्यक्ष
बाबुकृष्ण पिला श्रेष्ठ, सञ्चालक समिति, सदस्य
राम सुन्दर श्रेष्ठ, सञ्चालक समिति, सदस्य
बेलकृष्ण श्रेष्ठ, सञ्चालक समिति, सदस्य
अर्जुन थापा, लेखा सुपरिवेक्षण समिति, संयोजक
चन्द्र केशब श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति, सदस्य
राजन प्रजापति, लेखा सुपरिवेक्षण, सदस्य

फेसबुकबाट तपाईको प्रतिक्रिया