२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, कतिको भयो हात खाली ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १२
|
612 views

ललितपुर । आज (विहीबार) स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज विहान सो आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन् भने बाँकी रहेको ५ कित्ता शेयर पनि सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ। जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया