स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सह-भुक्तानी लागू गर्ने

काठमाडौं २८ पुस २०८०।

आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सह-भुक्तानी लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार भेटघाट तथा छलफलमा माघ १ देखि यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको हो ।

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा लिने दिने गरी पूर्ण रुपमा यो व्यवस्था कार्यान्वयन गर्नका लागि स्वास्थ्य बीमा बोर्डले अपिल समेत गरेको छ ।

बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था लागू गरिएको जानकारी समेत पत्रकार भेटघाटका क्रममा दिएको छ । दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्नका लागि बोर्डले तय गरेको अबको बाटोबारे पनि पत्रकारहरुलाई अवगत गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया