हमासले जीवित रहेका २० बन्धकलाई रेडक्रसको जिम्मा लगायो, रहेनन् बिपिन जोशी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २७
|
3.3k views

ललितपुर - ललितपुर। हमासले जीवित रहेका सबै २० बन्धकलाई रेडक्रसको जिम्मा लगाएको छ । हमासले पहिलो चरणमा सात जना र दोस्रो चरणमा १३ बन्धक रेडक्रसको जिम्मा लगाएको हो ।

बीबीसीका अनुसार, दोस्रो चरणमा जिम्मा लगाइएका १३ बन्धक अहिले इजरायल जाँदै छन् । पहिलो चरणमा रिहा गरिएका सात बन्धक इजरायल पुगिसकेका छन् ।

      इजरायली सेनाले पहिलो चरणमा जिम्मा लगाइएका बन्धकको तस्बिर सार्वजनिक गरेको छ ।

      हमासले अब २८ जनाको शवमध्ये केही आजै हस्तारण गर्ने द टाइम्स अफ इजरालयले जनाएको छ ।

      रिहाइको अन्तिम घडीसम्म पनि बिपिन जोशीको प्रतिक्षामा रहेका बिपिनका, आफन्त र समर्थकहरु भने यतिबेला पीडामा छन् । २ वर्ष अगाडि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको अवस्था अझै पनि अज्ञात छ ।

       पात्रो/राशिफल  रेडियो YouTube