२०८२ फाल्गुन ६ | Feb 18, 2026

हमास गाजामा स्थायी युद्धविरामका लागि नयाँ शान्ति वार्ताका लागि तयार

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
357 views

ललितपुर । हमासले बिहीबार एक वक्तव्यमार्फत गाजामा स्थायी युद्धविराम सम्झौताका लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन इच्छुक रहेको जनाएको छ । हमासका वरिष्ठ अधिकारी तथा वार्ता टोलीका प्रमुख खलिल अल–हय्याले भने “हामी सबै सम्बन्धित पक्षहरूसँग मिलेर युद्धको अन्त्य, स्थायी युद्धविराम, गाजा क्षेत्रबाट कब्जा हटाउने, आम जनताका लागि तत्काल राहत तथा नाकाबन्दी अन्त्य गर्ने र सम्मानजनक बन्दी विनिमय सम्झौता गर्ने प्रयास गरिरहेका छौं ।”

उनले थपे,“मध्यस्थकर्तासँगको संवाद निरन्तर जारी छ र वार्ताको नयाँ चरणका लागि तयारी भइरहेको छ । यसैगरी, अल–हय्याले हामीले अमेरिकाबाट प्रस्तावित पछिल्लो युद्धविराम प्रस्तावलाई अस्वीकार नगरेको तर युद्ध अन्त्य सुनिश्चित गर्न केही आवश्यक सुधारहरू गर्नुपर्ने बताएको उल्लेख गरे । उनले हमास गाजाको प्रशासन जिम्मा, यदि सबै पक्षको सहमति हुन्छ भने, कुनै पनि पेशागत र राष्ट्रिय प्यालेस्टिनी निकायलाई तुरुन्त हस्तान्तरण गर्न तयार रहेको स्पष्ट गरे ।

मार्च १८ मा इजरायलले गाजामा सैन्य गतिविधि पुनः सुरु गरेपछि जनवरीमा भएको युद्धविराम प्रभावकारी रूपमा समाप्त भएको थियो । पछिल्ला केही प्रयासहरू भए पनि स्थायी युद्धविराम कायम गर्न अझै सफलता मिल्न सकेको छैन । गाजाका स्वास्थ्य अधिकारीहरूले जारी गरेका तथ्याङ्क अनुसार, सन् २०२३ को आक्रमण सुरु भएदेखि गाजामा ५४ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया