२०८२ फाल्गुन ६ | Feb 18, 2026

हरिवंश आचार्यको जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र १८
|
459 views

काठमाडौँ,  १८ चैत २०८०- बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ। जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दिपाश्री निरौला, प्रियंका कार्की, सरोज ओली, निर्मल शर्मा, कमालमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय रहेको छ। गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रेनिस फागोको कलर रहेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया