२०८२ भाद्र ६ | Aug 22, 2025

हरिसिद्धिको  जल : आँखा तथा कान उपचार केन्द्रले दशै अघि पचास भन्दा बढीको आँखाको शल्यक्रिया गर्ने 

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १९

ललितपुर । ललितपुर महानगर वडा नं. २९ स्थित हरिसिद्धिमा  जल : आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा आएको झण्डै डेढ महिना भएको छ ।  यो केन्द्र सञ्चालनमा आएपछि महानगरबासी र छिमेकी पालिकाका बिरामीहरूले समेत सेवा लिई रहेका छन् । नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा  सगरमाथा चौधरी आँखा अस्पताल लहान, प्राविधिक सहयोगमा उक्त केन्द्र खोलिएको हो । वडा नं.२९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले केन्द्रले आँखा, कानको उपचार सेवा लिन टाढा जानु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । प्रस्तुत छ यसै सन्दर्भमा बिजनेसपाटीका लागि अध्यक्ष हरि तिमिल्सिनाले  उपचार केन्द्रका डाक्टर जय नारायण चौधरीसंग गरेको कुराकानीको सम्पादित अंश । 

सेवा कसरी प्रदान गरिएको छ ?

१० बजे देखि ४ बजेसम्म नाम दर्ता  खुल्ला नै हुन्छ । जाँच ५ बजेसम्म हुन्छ । 

शुल्क कति लाग्छ ?

सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा सञ्चालित भएकोले यसको आफ्नै नियम छ । हरेक शाखामा   नाम दर्ताको मात्र ८० रुपैयाँ मात्र लाग्छ । अरू जाँचहरू जस्तै आँखामा केही पर्‍यो भने त्यसलाई निकाल्ने, आँखाको आशु नली ब्लक छ कि छैन जाँच गर्ने, आँखाको प्रेसर छकी छैन चेक गर्ने चश्मा जाँच गर्ने यी यस्ता जाँचको थप शुल्क लाग्दैन त्यो यी सबै यही ८० रुपैयाँमै हुन्छ । त्यस बाहेक आँखाका बिरामीले सुपथ मूल्यमा औषधिहरू र चश्मा पाउनुहुन्छ ।  

आँखामा सुगर र ब्लड प्रेसरले हानेका बिरामीहरूको उपचार सेवा छ कि छैन?

हाम्रो बेस अस्पतालमा छ । यहाँ सेवा सुरु गरेको भरखरै हो । सुगर र ब्लड प्रेसर धेरै दिन  नियन्त्रण बाहिर भयो भने आँखाको पर्दा रेटिनामा असर गर्छ ।  असर गर्नु भनेको मतलब रगत आउँछ । यसमा एउटा लेजर लगाउने गरिन्छ । त्यो सेवा हामी बिस्तारै दिन्छौ । 

यहाँका अन्य सेवाहरू के के छन् ?

दृष्टि दोष भएका बिरामीहरूको जाँच गर्छौ चश्मा दिन्छौ । अरू बिरामीहरू आँखामा चोटपटक लागेका, आँखामा कुनै रसायन परेका, आँसुको नली आँखाको प्रेसर, जल बिन्दु सबैको जाँच गर्छौ र उचित सल्लाह दिन्छौ र इमरजेन्सी केसहरूलाई रेफर गर्छौ । 

कस्तो खालका बिरामीको चाप बढी छ ?

यो डेढ महिनाको अवधिमा बढी  भन्दा बढी दृष्टि दोषका बिरामी  भेटिएका छन् । बिद्यार्थीहरुमा  र ठूलो मान्छेहरू पनिमा  आँखामा पावर लाग्ने पाइएको छ ।  कतिपय बच्चाहरूलाई थाहै नभएको बोर्डमा हेर्नलाई अप्ठ्यारो भएको लक्षण लिएर आएका छन् ।  धेरै जसो मायोपिया र एक्ट्रिक म्याटिजम दुई प्रकारको दृष्टि दोष बढी फेला परेको छ । त्यस लगायत आँखामा मासु पलाएको भन्ने टेरिजिएम भएका १५ जनाको त अप्रेसन अप्रेसन योग्य बिरामी पाइएको छ भने  ३५ जनाको मोतीबिन्दुको अप्रेसन गर्नु पर्ने केश आएका छन् । 

आँखाको अप्रेसन गर्नु पर्ने बिरामीहरूलाई के गर्नु भएको छ ?

जति पनि अप्रेसन योग्य बिरामीहरू भेटिएका छन् सबैको नामावली र विवरण राखेको छु ।  सक्दो चाँडो दशै भन्दा अगाडी नै यही नै अप्रेसनको व्यवस्था गर्छौ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया