२०८२ फाल्गुन ६ | Feb 18, 2026

हाजिरी जमानीमा छुटे ११ बैंकर्स

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र १
|
459 views

काठमाण्डौ १ चैत्र २०८०

पक्राउ परेका सबै ११ जना बैंकर्सहरु हाजिरी जमानीमा छुटेका छन् । कमसल धितो राखेर बैंकबाट बढी ऋण लगानी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने सहित सबै ११ जना हाजिरी जमानीमा छुटेका छन् ।

उनीहरुलाई हरेक दिन सीआईबीमा उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार कागज गरेर उनीहरु सबैलाई बैंकर्स संघ र प्रभु बैंकका सीईओको जिम्मा लगाइएको छ ।

उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न फागनु २८ गते अदालतबाट अनुमति पाए पनि सीआईबीले आजै हिरासतमुक्त गरेको हो ।

सीआईबीले फागुन १५ गते प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित तत्कालिन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

उनीहरुले सेन्चुरी बैंकमा रहँदा धितो मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७९ हजार ७७२ रुपैयाँ बढी हुने गरि २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सीआईबीको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया