हामी आफूलाई रोपेर देश फर्काउँछौँ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २६
|
6.5k views

ललितपुर - चीनको राजधानी बेजिङ्गमा–
राष्ट्र लुटिएको
राष्ट्र निरीहताको–
वेदनाको छटपटी
लिम्पियाधुरा, लिपुलेक, कालापानी
छिमेकी भारतद्वारा हडपिरहेको
ती हडपाइमा
मेरो विश्वासिलो छिमेकी
मेरो सहृदयी छिमेकी चीनको मिलेमतोमा
मेरो देशको छातीमाथि
भारतीय बख्तरबन्द गाडीहरू
मेरो देशका भूमिहरूमाथि
मेरो स्वेच्छिक इजाजत वेगर
तिमी मनपरी गरिरहेका थियौ
ती भूमिमाथि अतिव्रmमण गरिरहेका छौ ।
मेरो देशले टुलुटुलु हेरेर बसिरहनुपर्ने ?
मेरो देशको निरीहता माथि
भारतीय रजाई सहिरहनुपर्ने ?

संयुक्त राष्ट्रसंघको वडापत्र
भारत सरकार !
प्रधानमन्त्री मोदी सरकार
फेरि एकपटक पढेर आऊ !
देश ठूलो सानो हुँदैन ।
संयुक्त राष्ट्रसंघको आँखामा
तिम्रो आकार ठूलो होला ?
मेरो देशको आकार सानो होला ?
राष्ट्रसंघको आँखामा
तिम्रो हैसियत,
मेरो हैसियत,
एउटै हो ।
संयुक्त राष्ट्रसंघको आँखामा
हात्ती र गाईको हैसियत एउटै हो ।

      चीनमा भर्खरै एउटा अन्तर्राष्ट्रिय भेलामा
      प्रधानमन्त्री के.पी. ओलीले
      भारतीय प्रधानमन्त्रीको हैसियत
      संसारको सामु प्रस्ट देखाइदिएका छन् ।
      उनी आत्मविश्वासका साथ
      छिमेकी भारतको देश हडप्ने नीतिको विरुद्ध
      छातीभरि राष्ट्रियता लेपन लगाएर
      कुर्ली कुर्ली बोलिरहेका थिए ।
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      मेरो देशको सार्वभौम भूमि हो ।
      तिम्रो विस्तारवादी जेहादका विरुद्ध–
      यो चीनको भूमिमा उभिएर भन्छु ।
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      हाम्रो पुर्खाद्वारा आर्जित पैतृक भूमि हो ।
      भारतीय गिद्धेदृष्टि विरुद्ध
      नेपालको भूमिको हैसियतमा
      तिम्रो हेपाहा नीतिको विरुद्ध
      नेपालको प्रधानमन्त्रीको हैसियतबाट
      राष्ट्रसंघको झण्डा छोएर
      हज्जारौँ चोटी भन्छु
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      हाम्रा पुर्खाद्वारा आज्र्याको पवित्र भूमि हो ।
      मेरो देशको धड्कन हो
      देशभक्त नेपालीहरूको अहम् गौरव भूमि हो ।
      हाम्रा पुर्खाहरूको गौरवतापूर्ण देशभक्ति
      हामी नमन गर्छौँ ।
      हामी हाम्रो भूमि फर्काउने प्रतिवद्धता उठाउँछौँ ।

      मेरो देशको भूमिमाथि
      मेरो देशको अहम्ता र वर्चश्व भन्दै गरिदा
      भारतीय सरकारका प्रायोजित सुशीला कार्कीको संयोजनमा
      म देश फर्किदै गर्दा मेरो पद अपहरण हुनुपर्ने ?
      देशप्रति घातको विरुद्धमा आफूलाई ओछ्याउँदा
      मेरो पद जानुपर्ने ?
      भारतीय सरकारको दादागिरी
      अमेरिकी सरकारको दादागिरीमा
      मेरो देशको स्वाभिमान प्रधानमन्त्री चैट हुनुपर्ने ?
      मेरो देशको गौरव सिंहदरबार
      मेरो देशको न्यायको मन्दिर सर्वोच्च अदालत जल्नुपर्ने ?
      मेरो राष्ट्रको पक्षपोषणको उद्घोष
      मेरो नैतिक दायित्व हो ।
      राष्ट्रको सुरक्षा मेरो दायित्व हो ।
      म मेरो देश ठिङ्ग उभिएको हेर्न चाहन्छु ।
      मेरो प्रिय भूमि नेपाल
      तिमीप्रति अगाधता
      हामी देशभक्तहरू तिमीलाई
      शताब्दी–शताब्दीको आगमनसँगै,
      हामी तिम्रो पुनर्आगमन
      तिम्रो ऐश्वर्यता हाम्रो गौरव हो ।
      हामी आफूलाई चिहानमा रूपान्तरण गरेर
      तिम्रो अविचलता, तिम्रो पावन भूमि
      तिम्रो वैभव भूमि
      यो देशको निरन्तरता
      हामी र हामी पछि आउने देशभक्त नेपालीहरू
      जीवनको बलिवेदीमा आफूलाई होम्दै
      यो देशमा हज्जारौँ पटक जन्म लिइरहने छौँ ।
      चन्द्र, सूर्य झण्डा यो देशभरि फरफराउनुपर्छ ।
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      हाम्रो ऐश्वर्यताको भूमिहरू
      हामी फिर्ता अभियानमा सरिक भएका छौँ ।
      हामी आफूलाई रोपेर
      देश फर्काउने युद्धमा सामेल भएका छौँ ।

       पात्रो/राशिफल  रेडियो YouTube