हामी फेरि उठिरहेका छौँ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ९
|
7.3k views

ललितपुर - प्रिय नन्दिता !
नालापानीको सहादत हुँदै
म फर्केर आएको छु ।
हो ! तिम्रो लागि फर्केर आएको छु ।
तिमीलाई थाहा होला
सहादतको पूर्व सन्ध्यामा भनेको थिए नि ?
तिम्रो विकल्प भनेको तिमी नै हौ ।
त्यसबेला लाडिएर भनेकी थियौ नि ?
मेरो विकल्प पनि खोजिसकेको ?

ती तिम्रा शब्दहरू अझै बिर्सिएको छैन ।
हो ! बुझेऊ अझै बिर्सेको छैन ।
त्यसबेला म सहादतको बर्को ओढिरहेको थिए ।
तिमी अचेत भएर लडिरहेकी थियौ ।
तिमीले मलाई उछिनेर
सहादत भएको पत्तै भएन ।
प्रिय ! मलाई माफ गर !
फेरि पनि मलाई माफ गर !

      देशले बलिदान मागिरहन्छ ।
      आफूलाई देशभित्र अटाएर
      नालीपानी हाम्रो गौरव
      जो अतित बोलिरहेको हुन्छ ।

      प्रिय नन्दिता !
      तिम्रो चाहनाको थलोमा उभिएर
      मलाई गर्व छ, तिम्रो आगमनमा
      मलाई गर्व छ, तिम्रो समर्पणमा
      मलाई विश्वास छ ।
      ब्रह्माण्डको क्रम उपक्रममा
      हामी फैलिन्छौँ
      हामी फेरि फर्कन्छौँ
      हामी फेरि उठ्छौँ ।
      हाम्रो स्वाभिमान उठाउँदै
      हो ! हामी फेरि उठ्ने छौँ ।

       पात्रो/राशिफल  रेडियो YouTube