|
|
२०८२ भाद्र ३
561 views
ललितपुर - ललितपुर । हिमस्टार ऊर्जा कमपनीको शेयर रोक्का भएको छ । कम्पनीको शेयर नेप्सेमा कारोबारमा नआउँदै रोक्का भएको हो ।
आइपीओ निष्काशन गरेर बाँडफाँट भए लगत्तै कम्पनीको शेयर रोक्का हुनुमा प्राविधिक त्रुटि देखिएको कारण लगानीकर्ताको खातामा आएको शेयर रोक्का भएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
आइपीओ परेको शेयर लगानीकर्ताको खातामा जम्मा गर्ने क्रममा शेयर रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि भएर आइपीओ नपरेको खातामा समेत शेयर जम्मा भएपछि सीडीएससीले उक्त त्रुटि सच्याउने प्रयोजनको लागि भदौ २ गते जम्मा भएको हिमस्टारको शेयर रोक्का राखेको जनाएको छ ।

बिजनेस पाटी