२०८२ फाल्गुन ६ | Feb 18, 2026

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०
|
306 views

ललितपुर । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीको मुख्य कार्यालय बबरमहल, काठमाडौंमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमितवर्ग र सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए।

 

रक्तदान कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो। उक्त कार्यक्रममा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता राख्ने जनाएको छ। कम्पनीले विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको यो कार्यक्रमले समुदायिक स्वास्थ्य सेवामा योगदान पुर्याएको छ।

रक्तदान जस्ता मानवीय कार्यक्रमहरूमा निजी क्षेत्रको सहयोगले समाजका जरुरतमन्द व्यक्तिहरूलाई सहायता पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया