२०८० फाल्गुन ३०
153 views

काठमाडौँ २९, फागुन २०८०।
हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाण्डौबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन फागुन २७ गते बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका हुन् । यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गत देखि सेवा सुचारु गरेकोे छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनलस् र १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया