२०८२ फाल्गुन ६ | Feb 18, 2026

हिमालयन बैंकको एफपीओ बाँडफाँट

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १३
|
408 views

ललितपुर । हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा मंगलबार बिहान ९ बजे बाँडफाँट भएको हो। असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि बैंकले एफपीओ निष्कासन गरेको थियो ।

गत असार ३१ गते बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो शेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

यसमा ८५ हजार ६ सय ४९ आवेदन रद्द हुँदा पनि मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको हो। जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। अर्थात् स्वीकृत आवेदनको आधाभन्दा पनि बढीले उक्त एफपीओ प्राप्त गरेका छन् ।

सबैलाई १० कित्ताका दरले यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले कुल ११ कित्ताका दरले उक्त अफपीओ प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया