हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाण्डौ २१ जेठ २०८१

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट आजदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंककिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बंैकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गर्नुभएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया