
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालय बैंकलाई पाकिस्तानी हविव बैंकको शेयर विक्रीका लागि अनुमति नदिएको जानकारी गराएको छ । सञ्चारमाध्यमहरुबाट शेयर विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति लिएर हिमालय बैंकले पाकिस्तानी हविवव बैंकको शेयर विक्री गर्न लागेको समाचारहरु प्रकाशित भए पनि यी र यस्ता समाचारहरुमा कुनै पनि सत्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यसअघि हिमालयन बैंकमा पाकिस्तानी हविव बैंकको २० प्रतिशत शेयर थियो । तर, सिभिल बंैकसँगको मर्जरपछि हविव बैंकको शेयर घटेर अहिले ११ प्रतिशतमा झरेको छ ।
उक्त शेयर हिमालयन बैंकले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई साँढे तीन अर्ब रुपैयाँमा बेच्न लागेको थियो । तर राष्ट्र बैंकले स्वीकृति नदिएपछि हिमालयन बैंकको शेयर विक्री कारोबारमा रोक लागेको छ ।
तर, राष्ट्र बैंकले स्वीकृति नदिए पनि नयाँ गर्भनर नियुक्तिपछि आफूले शेयर विक्रीका लागि अनुमति पाउने कुरामा हिमालयन बैंक आशावादी रहेको कुरा सञ्चालक स्रोतबाट आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया