२०८२ जेष्ठ १४

ललितपुर । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्स्ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । आज अर्थात् जेठ १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेको खण्डमा उक्त दरमा लाभांश वितरण गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया