हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा २१।५९ प्रतिशतले बढ्यो

काठमाण्डौ  ३०साउन, २०८१ 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्सले ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ५२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २१.५९ प्रतिशतले वृद्धि भएको हो।

इन्स्योरेन्सको जीवन बीमाकोषमा ६४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड ३१ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकार २३.८३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले १६ अर्ब ६० करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १४ अर्ब ९४ करोड ९९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०९ प्रतिशतले बढेको छ।

कम्पनीले १६ अर्ब १९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले १४ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.०९ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले १ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.९० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको वार्षिक ईपीएस ६.५० रुपैयाँ थियो। पीई रेसियो ४९.४७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.२९ रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया