२०८२ फाल्गुन ६ | Feb 18, 2026

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २३
|
969 views

ललितपुर । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभामा आर्थिक तथा वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो ।   सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हरि प्रसाद पाण्डेले प्रस्तुत गरेको  वार्षिक प्रतिवेदन पास गरेको छ । 

 कम्पनीले रामेछाप र दोलखा सिमाना भई बग्ने खिम्ती खोलामा  १२ मेगावाटको उपल्लो  खिम्ती र ७ मेगावाटको अपर खिम्ती गरी दुई वटा जलविद्युत आयोजनाहरूको निर्माण सम्पन्न गरिसकेको छ । 

साधारण सभामा कम्पनीले गरेका हाल सम्मका गतिविधि र भावी योजना , लक्ष्य र नयाँ आयोजनाबारे सेयर धनीहरूलाई जानकारी गराइएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया