
ललितपुर । नेपाल होचा पुडका कलाकार संघको प्रस्तुति नाटक “सचेतना” हेटौडाका विभिन्न स्थानहरुमा मञ्चन गरिएको छ ।
हेटौडा उप महानगरको अनुदान सहयोगमा कलाकारहरुले आइतवार र सोमवार हेटौंडाका विभिन्न स्थानमा उक्त नाटक मञ्चन गरेका हुन् ।
“डिजिटल एडिक्सन ” लागू औसध दुब्र्यसन , साइबर सुरक्षा , र लैङ्गिक हिंसा बिरुद्धको उक्त चेतनामूलक नाटक प्रसिद्ध गीतकार एबं लेखक लोकराज अधिकारीले लेखेका हुन् ।
नाटकमा,दल बहादुर कार्की ,सरु दाहाल, सिर्जना सेन्चुरी, निश्चल श्रेष्ठ ,पार्बती ढकाल,भिम सुनार,निर्मला उपाध्याय ,कृष्णमाया रानामगर , रेनुका श्रेष्ठ,सुर्या खान र मनोज गोर्खालीले विभिन्न भुमिका निर्बाह गरेका छ्न ।
नाटकको निर्देशन रङ्गकर्मी जे.बि . डी .सीले गरेका हुन ।
स्थानिय सरकारको अनुदान सहयोगमा यस अघि काठमाडौंका विभिन्न ६ स्थानमा नाटक मञ्चन गरेको संघकी अध्यक्ष बिन्दा दुलालले जानकारी दिएकी छन । दर्शकहरुले नाटकको विषयबस्तु र प्रस्तुती उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छ्न ।
फेसबुकबाट तपाईको प्रतिक्रिया