होटल हायात रिजेन्सीका कर्मचारीलले पाउँदैछन् घरमै बसेर तलब

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
1.2k views

ललितपुर - ललितपुर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीले पूर्ण रुपमा ध्वस्त भएको काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलले आफ्ना कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने घोषणा गरेको छ । हालै होटल र कर्मचारीबीच भएको सहमति अनुसार होटल पुनर्निर्माण अवधिभर श्रमिकको कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ ।

भदौ २४ को आगजनी र तोडफोडपछि पूर्ण रुपमा बन्द भएको होटल हायात रिजेन्सी पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको हो । यस विषयमा होटलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन ।’

होटल व्यवस्थापन समिति र कर्मचारी बीच भएको सहमतिअनुसार हाललाई होटलले कार्यरत आफ्ना कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । होटल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ ।

होटल पूर्ण रुपमा मर्मत–सम्भार भएर सञ्चालनमा आएपछि भने उक्त सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ । यो सहमतिमा सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकले दाबी गरे पनि सहमतिमा नआउने कर्मचारीहरु पनि केही रहेका छन् । व्यवस्थापक पक्षले भने होटल र कर्मचारीको सहमतिभित्र नबस्ने कर्मचारीलाई भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले बताएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube