
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनबारे आफूलाई केही भन्न आवश्यक नभएको भन्दै २०८३ को मंसिर पर लगेर १५ औं महाधिवेशन हुन नसक्ने बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने बताएका हुन् । उनले महाधिवेशनबारे अन्योलमा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । यस्तै थापाले कांग्रेसले कानूनी शासनमा विश्वास गर्नुपर्ने बताए ।
उनले भ्रष्टाचार मुद्दामा कोही दोषी छ भने कांग्रेस भएकै कारणले उन्मुक्ति पाउन नहुने बताए । महामन्त्री थापाले सरकारलाई प्रभावकारी बनाउन लागिरहेको भन्दै नसके मान्छे फेरेरै भए पनि प्रभावकारी बनाएर जाने बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले पहिलो दल भए पनि कहिले तेस्रो कहिले दोस्रो दलको नेतृत्वमा सरकार बनाएर आफूहरू सहभागी हुनमात्रै परेको बताए । महामन्त्री शर्माले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले पनि अपेक्षित काम गर्न नसकेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया