२०८२ फाल्गुन ६ | Feb 18, 2026

१० दिनभित्र चौथोपटक ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
1.3k views

ललितपुर। नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको छ । बैंकले यसपटक एकवर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसपटक राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘घ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसको बोलकबोल मंगलबार (पुस २२) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसको सावाँ आगामी २०८३ पुस २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने छ ।

यस्तै, बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने र बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था छ ।

नौ दिनको अवधिमा राष्ट्र बैंकले यो चौथो पटक ऋणपत्र जारी गर्न लागेको हो ।
यसअघि पुस २० मा २५ अर्बकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ निष्कासन गरेको थियो भने पुस १६ मा एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ र पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो ।

करिब १० वर्षको अन्तरालपछि गत सातादेखि ऋणपत्र जारी गर्न सुरु गरेको राष्ट्र बैंकले १० दिनभित्र चौथो पटक यो उपकरण प्रयोग गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया