२०८२ फाल्गुन ६ | Feb 18, 2026

१० वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ३०
|
1.3k views

ललितपुर । कात्तिक महिनाको तुलनामा मंसिर महनामा वाणिज्य बैंकहरुले फेरि ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । भोली अर्थात् मंसिर १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०।१६० प्रतिशत विन्दुले घटेको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । उक्त बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।

यस्तै, १० वटा वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदा बाँकी १० वटा बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् ।

मंसिरका लागि ब्याजदर घटाएका बैंकहरुमा सिटिजन्स, नबिल, कुमारी एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, हिमालयन र नेपाल एसबीआई रहेका छन् ।

ब्याजदर स्थीर राख्ने ब्याजहरुमा भने कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक रहेका छन् ।

बैंकहरुले छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र ३ वर्षभन्दा माथि वा लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिइरहेका छन् ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा यसरी क्रमशः ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय ब्याजदर व्यवस्थापनका लागि एक वर्ष वा त्यो भन्दा लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

यस्तो छ मंसिर महिनाका लागि ब्याजदर तालिका

व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर सूची

बैंककात्तिकको ब्याजदर %मंसिरको ब्याजदर %
कृषि विकास४.९५४.९५
एभरेस्ट
नेपाल५.२५५.२५
लक्ष्मी सनराइज
माछापुच्छ्रे
एनआईसी एसिया५.७५
प्रभु४.९५४.९५
स्टान्डर्ड चार्टड४.७
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल४.९५४.७५
ग्लोबल आईएमई
सिद्धार्थ५.५
प्राइम कमर्सियल४.७५
कुमारी५.०१४.९१
सानिमा५.१५
हिमालयन५.५
नेपाल एसबीआई४.८
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स४.७५

फेसबुकबाट तपाईको प्रतिक्रिया