१२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को मनोनयन सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २
|
816 views

ललितपुर -
ललितपुर । १२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को मनोनयन सार्वजनिक १२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को मनोनयन सार्वजनिक भएको छ । सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा, सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरेको आयोजकले जनाएको छ ।

तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएको भन्दै आयोजकले आभार प्रकट गरेको छ । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र ६ गते राजधानीको लेभीस गार्डेन, धुम्वाराहीमा आयोजना गरिने अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

    उत्कृष्ट ५ मनोनयन यस प्रकार रहेका छन् :
    उत्कृष्ट तीज गीत एरेन्जर
    १. श्यामश्वेत रसाइलि : न त बने हिरोइन
    २. सञ्जय श्रीपाल : शिरफूल हरायो रे 
    ३. पवन विश्व : नजीक नजीक सरन
    ४. विपिन आचार्य : आइपुग्यो तीज
    ५. नरेन्द्र वियोगी : बामरी बसायो 

     उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
    १. कुमार राना : बारुले कम्मरको ठुम्का
    २. सञ्जय श्रीपाल : मैदानै थर्कियो 
    ३. खड्ग बाजुराली : कट्टि कट्टि
    ४. विपिन आचार्य : उडायो रिवन
    ५. मनोज परियार : तीजका गीत कस्ता

     उत्कृष्ट तीज गीत छायांकार
    १. सरोज शाही : मैदानै थर्कियो
    २. बुद्ध थापा : तीज आयो साथी संगी
    ३. आर डी दुलाल : उडायो रिवन
    ४. नवराज उपे्रति : बामरी बसायो
    ५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का

    उत्कृष्ट तीज गीत सम्पादक
    १. अमृत चापागाई :कट्टि कट्टि
    २. राजेश कुमार : छम छम नाचे 
    ३. नवीन घर्ति मगर : काली पसम कि –२ 
    ४. मिलन विश्वकर्मा :तीज आयो साथी संगी
    ५. सुजन कोइराला : चोली फाटेको 

    उत्कृष्ट तीज गीत मोडल (पुरुष)
    १. राजन अधिकारी : न त बने हिरोइन
    २. शंकर बि. सी : साईली छोरी
    ३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज
    ४. भुवन के पोखरेल : माईत बरीलै 
    ५. जि वी चिरन : सासुको तीज 

    उत्कृष्ट तीज गीत मोडल (महिला)
    १. यशु भट्टराई : माईत बरीलै 
    २. निरुता शाही : कट्टि कट्टि
    ३. नीति शाह : मलाई क्या माया
    ४. स्मारिका ढकाल : काली पसम कि –२
    ५. अञ्जलि अधिकारी :चोली फाटेको 

    उत्कृष्ट तीज गीत नृत्य निर्देशक
    १. सञ्जय विश्वकर्मा : धोको फेर मायालु
    २. सुनील क्षेत्री : मलाई हेरी हेरी
    ३. सुरेन्द्र बसेल : बामरी बसायो 
    ४. केशव राज भट्ट :तीज आयो साथी संगी
    ५. श्रीजन बराल ऋषि : कट्टि कट्टि

      उत्कृष्ट तीज गीत भिडियो निर्देशक
      १. गम्भीर बिष्ट : बामरी बसायो 
      २. नीतिन चन्द : सोच सोच
      ३. जेरी भण्डारी : काली पसम कि –२
      ४. श्रीजन बराल ऋषि : कट्टि कट्टि
      ५. शंकर बि. सी : साईली छोरी

      उत्कृष्ट तीज गीत शब्द
      १. डि पी खनाल :किन्दिने हो कल्ले 
      २. जनक रावल: तीज आयो साथी संगी 
      ३. नेत्र अर्याल : मलाई हेरी हेरी 
      ४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता
      ५. शुष्मा देवकोटा : बिन्दुली टिका 

      उत्कृष्ट मौलिक तीज गीत शब्द
      १. सुनिल कुमार शर्मा : मलाई क्या माया 
      २. नेत्र अर्याल : मलाई हेरी हेरी
      ३. लोक राज अधिकारी : ए नि बरिलै
      ४. याम प्रसाद निउरे : चोली फाटेको 
      ५. पे्रम सापकोटा सोनु : काली पसम कि–२

      उत्कृष्ट तीज गीत लय 
      १. विपिन घिमिरे : ए नि बरीलै 
      २. भावना आचार्य : सोच सोच
      ३. पवन विश्व: नजिक नजिक सरन
      ४. रुपक डोटेल : सासुको तीज 
      ५. जनक रावल : तीज आयो साथी संगी

      उत्कृष्ट मौलिक तीज गीत लय
      १. राम कुमार नेपाली : साईली छोरी
      २. विपिन आचार्य : चा.दी काटी
      ३. पवन रानाभाट : मलाई क्या माया
      ४. दीपक शर्मा : किन्दिने हो कल्ले
      ५. योगेश काजी : मलाई हेरी हेरी 

      उत्कृष्ट तीज दोहोरी गीत गायक
      १. रामकुमार नेपाली : साईली छोरी 
      २. रामचन्द्र काफ्ले : सोच सोच
      ३. सञ्जय श्रीपाल : मैदानै थर्कियो 
      ४. खुमन अधिकारी : माईत बरीलै
      ५. रुपक डोटेलl:सासुको तीज 

      उत्कृष्ट तीज दोहोरी गीत गायिका 
      १. सुजाता के.सी : सासुको तीज
      २. मिना वेलवासे :माईत बरीलै 
      ३. अस्मिता अधिकारी : मैदानै थर्कियो 
      ४. भावना आचार्य : सोच सोच
      ५. देवीका के.सी : साईली छोरी 

      उत्कृष्ट तीज गीत युगल गायन
      १. शिला विष्ट\राधिका भण्डारी : ए नी बरीलै
      २. अञ्जीला गौचन\हेमा पुन मगर : चांदी काटी 
      ३. नम्रता तामाङ\बवी नेम्वाङ लिम्बु\निलम रोक्का कार्की : किन्दिने हो कल्ले
      ४. सुनितामी परियार\संगीता परियार : सिउदोमा सिन्दुर
      ५. समिक्षा अधिकारी\सुधा रत्न : शिरफुल हरायो रे

      उत्कृष्ट तीज गीत गायिका 
      १. लक्ष्मी मल्ल : तीजका गीत कस्ता
      २. सरिता भारती : नाच्न दे 
      ३. जुनु गौतम : आइपुग्यो तीज 
      ४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो
      ५. पुजन काफ्ले : छड्के तिलहरी

      उत्कृष्ट मौलिक तीज गीत गायिका
      १. माण्डवी त्रिपाठी : उडायो रिवन
      २. रेखा शाहा : मलाई क्या माया
      ३. ज्योति मगर : मलाई हेरी हेरी
      ४. निशा के.सी : चोली फाटेको
      ५. शान्ति श्री परियार : काली पसम कि –२

       पात्रो/राशिफल  रेडियो YouTube