२०८२ फाल्गुन ६ | Feb 18, 2026

१४ लाख बढी रकम ठगीको आरोपमा ललितपुरका एक युवक पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २७
|
306 views

ललितपुर । स्कूलको रकम ठगी गरेको आरोपमा ललितपुरका एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ बाफलमा स्थित रुपिज इन्टरनेशनल स्कुलको आर्थिक कारोबारमा ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाका ३९ वर्षीय क्षितिज श्रेष्ठ रहेका छन् ।

उक्त स्कुलमा लेखा शाखामा कार्यरत क्षितिजले नबिल बैंकमा स्कुलको नाममा रहेको खाताबाट करिव १४ लाख ८० हजार रुपैयाँ अनधिकृत रूपमा निकालेर सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार उनले आर्थिक कारोबारको लागि स्कुलको नाममा रहेको नबिल बैंकको चेकमा रुपेन्द्र कौरले हस्ताक्षर गरेको खाली चेकमा मिति, नाम, अंक अक्षर समेत उल्लेख गरी चेक सटही पश्चात फरार भएका थिए ।

त्यसपछि श्रेष्ठ विरुद्ध काठमाडौ जिल्ला अदालतले साउन १५ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ताहाचल क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

हाल उनलाई आपराधिक विश्वासघात र ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया