२०८२ फाल्गुन ६ | Feb 18, 2026

१४ वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि घटाए ब्याजदर

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३१
|
1.6k views

ललितपुर । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले असोज महिनाको तुलनामा फेरि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकले शुक्रबार कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्।

आज प्रकाशित प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर असोज महिनाको तुलनामा घटाएका हुन् ।

यसअघि भदौ महिनामा ५.४६ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिकमा ५.२० प्रतिशतविन्दुमा झरेको छ। यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतविन्दु घटेको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो। ६ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा असोज महिनाकै दरलाई निरन्तरता दिएका छन्।

त्यस्तै, बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया