२०८२ फाल्गुन ६ | Feb 18, 2026

१५ औं साफ च्याम्पियनसिप २०२५ मा नहुने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२
|
918 views

काठमाडौं । यसपटकको पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समयमा नहुने भएको छ । पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा हुने भनिएको साफ च्याम्पियनसिप अब २०२६ मा मात्र हुने भएको हो ।

यसअघि १५ औं साफ च्याम्पियनसिप २०२५ जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा‌ निश्चित थियो। साफलाई अझ भव्य रुपमा आयेजना गर्न केही समय लाग्ने भएकाले सारिएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले हिजो (विहीबार) मात्र २०२६ मा सार्ने निर्णय गरेको छ ।

साफ सदस्य संघहरु र स्पोर्टस फाइभले प्रतियोगिता सहज रुपमा आयोजना गर्न अझ केही व्यवस्था आवश्यक रहेकोले निर्धारित मितिमा सुचारु गर्न नसकिने भन्दै समय सारोको छ ।

साफ च्याम्पियनसिप हरेक दुई वर्षमा हुने भनिएपनि नियमित समयमा हुन सकेको छैन। नेपालले साफको उपाधि अहिले सम्म जित्न सकेको छैन। एक पटक फाइनल पुग्नु नै नेपालको साफ च्याम्पियनसिप को अहिलेसम्मको उच्च प्रदर्शन हो।

२०२६ फिफा विश्वकप वर्ष भएकाले साफ च्याम्पियनसिपका लागि उपयुक्त समय तालिका र स्थान निर्धारण गर्न विशेष ध्यान दिनु आवश्यक रहेकोमा पनि साफले जोड दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया