
ललितपुर । सयौंको संख्यामा त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रुहरु १८ घण्टा लामो प्रतिक्षा पछि मंगलबार मध्यान्न १२ बजे गन्तव्यतर्फ जाँदै छन् ।
कतारमा इरानले मिसाइल प्रहार गरे पश्चात् उत्पन्न तनावका कारण काठमाडौंबाट कतार एयरपोर्ट हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश हिंडेका नेपालीहरु सोमबार साँझदेखि त्रिभुवन विमानस्थलमा भोकै प्यासै बसिरहेका थिए । सोमबार साँझ त्रिभुवन विनास्थलबाट दोहाका लागि उडेको कतार एयरवेजको विमान समेत ओमानको मस्कटमा अवतरण गरिएको थियो ।
अठार घण्टा लामो प्रतिक्षा पछि सयौं नेपालीहरु मंगलबार १२ बजे गन्तव्यतिर जान पाउने भएका छन् । नेपाल एयरलाइन्सका ड्युटी इन्चार्ज सचिन श्रेष्ठले तालिका अनुसार आज १२ बजे उडान सुचारु हुुने खबर बिजनेश पाटीलाई दिएका छन् ।
सोमबार राति ११ बजेको समयमा उडान तालिका रहेको नेपाल एयरलाइन्सको र हिमाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएपछि सयौं यात्रु रातभर विमानस्थलमै अलपत्र परिरहेका छन् ।
रातभरि चिसो भुइामै सुत्नु परेको र एयरलाइन्सबाट यात्रुको अवस्था बुझ्न समेत नआएको गुनासो यात्रुहरुले गरेपछि विजनेशपाटी मिडियाका तर्फबाट भीम शर्मा पौडेलले सम्बन्धित निकायसँग यस विषयमा कुराकानी गरेका थिए ।
निगमका प्रवक्ता सुबास डाँगीले भने, ‘यात्रुहरुलाई यात्रुहरुले रातभरि सास्ती पाउनुमा अहिले कतारमा उत्पन्न तनाव नै हो, यसमा केही कमिकमजोरी भने नेपाल एयरलाइन्सको पनि भएकै हो’ ।
विमानस्थलमा प्रतिक्षारत यात्रुहरुले १८ घन्टादेखि एयरलाइन्सले पानी समेत सोध्न नआएको गुनासो गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया