१९ निर्माण कम्पनी परे कालोसूचीमा

काठमाडौं ११ असार २०८१।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले मंगलबार सूचना प्रकाशित गरी काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया